सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । उ
इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा उनीहरु फसेका थिए ।
आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीय समेत खटिएका छन् ।
उक्त प्लाजामा केही व्यक्ति रहेको आशंकामा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर समेत पठाइएको छ । गृहमन्त्री रमेश लेखकको सचिवालयले हेलिकप्टर पठाइएको बताएको छ । हेलिकप्टरबाट समेत उद्धार सुरु गरिएको छ ।
अझै प्लाजाभित्र ३ जना फसेको देखिएको उद्धारकर्ताहरुको भनाइ छ । उनीहरु उद्धारको पर्खाइमा छन् ।







