भक्तपुरको बोडेस्थित पिकनिक स्पटमा एकजनाको शव फेला परेको छ ।
मध्यपुर ठिमी नगरपालिका९९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङमा खोटाङ केपिलासगढी गाउँपालिका९२ का ६६ वर्षीय ओमप्रकाश राई मृत फेला परेका हुन् ।
उनको टाउको लगायत भागमा चोट देखिएको र नजिकै रगत लत्पतिएको ढुंगा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनको हत्या भएको प्रहरीको आशंका छ । राई कवाडी सामान टिप्ने काम गर्दै आएका थिए ।
घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।







