युरो स्कूल सृजनानगरले चौथो ‘युरो एक्स्पो–२०८१’ भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालयले विगतका वर्षहरुमा झैं यस वर्ष पनि विद्यार्थी तथा अभिभावकहरुको उल्लेख्य उपस्थितिमा युरो एक्स्पो २०८१ भव्यताका साथ मनाएको हो ।

युरो स्कूल सृजनानगरले मनायो ‘युरो एक्स्पो–२०८१’ (फोटोफिचर)

वर्षभरि विद्यालयमा सिकेका ज्ञान, सीप र अनुभवहरुलाई प्रयोगात्मक रुपमा तयार गरि आफ्ना शिक्षक र अभिभावकहरु माझ विद्यार्थीहरुले एक्स्पोमा प्रदर्शनी गर्दै त्यसको बारेमा वर्णन समेत गरेका थिए ।

एक्स्पोमा विद्यार्थीहरुले अचार बनाउँनेदेखि विज्ञान प्रविधि सम्मका कुराहरुका बारेमा डेमोस्ट्रेसन गरेका थिए । उनीहरु आफैले अनुसन्धान गरि हावाबाट चल्ने कार, फोहोर पानीलाई कसरी फिल्टर गरि सफा बनाउने भन्ने विधि, कागजबाट विभिन्न सजावटका सामान निर्माण गरेका थिए भने कसैले ज्वालामुखीको बारेमा, कसैले फोटोग्राफि कसरी गर्ने, इडिटिङ कसरी गर्ने, थ्रि डि प्रिन्टिङ, कसैले गित गाउँदै थिए त कसैले बाजा बजाउँदै कसैले एनिमेसन लगायतका विषयहरु प्रस्तुत गरी त्यसको बारेमा जानकारी गराएका थिए ।

युरो स्कूल सृजनानगरले मनायो ‘युरो एक्स्पो–२०८१’ (फोटोफिचर)

कार्यक्रममा बोल्दै यूरो स्कुल सृजनानगर भक्तपुरका संस्थापक अध्यक्ष नवराज काफ्लेले प्ले ग्रुपदेखि कक्षा ६ सम्मका विद्यार्थीहरुले विद्यालयमा रेगुलर गरेका क्रियाकलापहरुलाई अभिभावकहरुका माझ प्रत्येक वर्ष यूरो एक्स्पोको अवसर पारेर प्रदर्शनी गर्दै आएको जानकारी दिए ।

विद्यार्थीहरुले वर्षभरि सिकेका अनुभवहरुलाई सुरक्षित गरेर अभिभावकहरु माझ प्रदर्शन गर्नाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुनुका साथै हौसला बढ्ने र अभिभावकहरुले पनि आफ्नो बच्चाहरुले विद्यालयमा के सिक्छन् भन्ने कौतुहलता एक्स्पोले मेटाउने अध्यक्ष काफ्लेले बताए ।

युरो स्कूल सृजनानगरले मनायो ‘युरो एक्स्पो–२०८१’ (फोटोफिचर)

पढाईलाई किताबी ज्ञानभन्दा बाहिर लानुपर्छ भन्ने उद्देश्यका साथ बच्चाहरुसँग हरेक कुराहरु जोड्नका लागि विद्यालयले प्रत्येक दिन कक्षाकोठामा सिकाइरहेका कुराहरुलाई एक्स्पोमा देखाइएको उनले बताए ।

उनी भन्छन् –‘हाम्रो लर्निङ स्टाइल नै यही हो । हाम्रा बच्चाहरु अरु भन्दा अलि स्मार्ट पनि छन् । अबको पढाई भनेको किताब मात्र पढेर पुग्दैन बाहिरी ज्ञान पनि चाहिन्छ । समाज पढ्नुपर्छ, व्यक्ति पढ्नुपर्छ, अन्तराष्ट्रिय क्षेत्रका चिजहरु पढ्नुपर्छ यी सबै चिजहरुलाई मिलाएर हामीले पाठ्यक्रम बनाउँछौ र त्यसकै आधारमा सिकाउँछौ । हाम्रो लक्ष्य भनेको यूरो स्कूललाई ‘वन अफ दि स्कूल अफ नेपाल’ बनाउने रहेको छ ।’

युरो स्कूल सृजनानगरले मनायो ‘युरो एक्स्पो–२०८१’ (फोटोफिचर)

अभिभावकहरु पनि विद्यालयप्रति एकदमै सन्तुष्ट रहेको बताउँदै अध्यक्ष काफ्लेले आफ्ना बच्चाको भविष्य सुनिश्चित गर्न यूरो किड्स नै रोज्न अन्य अभिभावकहरुलाई पनि आग्रह गरे ।

त्यस्तै विद्यालयकी प्रद्यानाध्यापक सम्झना गिरीले विद्यालयले विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभएर व्यवहारिक ज्ञान पनि सिकाउँने गरेको बताइन् । विद्यालयले बालवालिकाहरुको चौतर्फि विकासमा ध्यान दिने गरेको बताउँदै उनले बालबालिकाहरुलाई १०–१५ वर्षपछिको मार्केटमा प्रतिस्पर्धा गराउँन सक्ने बनाउनमा यूरो स्कूल लागिपरेको समेत जनाइन् ।

युरो स्कूल सृजनानगरले मनायो ‘युरो एक्स्पो–२०८१’ (फोटोफिचर)

आफ्ना बच्चाहरुले यूरो स्कूलबाट धेरै कुराहरु सिक्न पाएको र उनीहरुको वृद्धि विकासमा यूरो स्कूलको महत्वपूर्ण भूमिका रहेको भन्दै अभिभावकहरु पनि सन्तुष्ट देखिएका थिए ।

प्ले ग्रुपदेखि कक्षा ६ सम्म पठनपाठन भैरहेको यूरो स्कुल सृजनानगर भक्तपुरमा अहिले ३ सयभन्दा बढी विद्यार्थीहरु रहेका छन् । विद्यालयले आगामी वैशाखदेखि कक्षा ७ सम्म विस्तार गरिने र आगामी दिनमा कक्षा १२ सम्म पठनपाठन गर्ने लक्ष्य रहेको अध्यक्ष काफ्लेले जानकारी दिए ।