काठमाडौंको कमलपोखरीस्थित एक पसलमा ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहीबार बिहान शानदार मःम पसलमा ग्यास सिलिन्डर पड्किएको हो ।
घाइतेहरू सबै मःम पसलका कामदार रहेको बताइएको छ ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरु सबैलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ ।







