प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन् ।

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले स्वागत गरेका थिए ।

उक्त चियापान कार्यक्रममा राप्रपाका अध्यक्ष लिङदेनले पुथ्वी जयन्तीलाई राप्रपाको मात्र कार्यक्रम जस्तो बन्न नदिन अन्य दल र सरकारलाई पनि यस प्रकारको कार्यक्रमको आयोजना गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘राप्रपाले देशभर नै यस्तो चियापान कार्यक्रमहरु आयोजना गरेको छ । पुथ्वी जयन्तीलाई राप्रपाको मात्र कार्यक्रम जस्तो बन्न नदिन अन्य दलहरुले पनि आगामी वर्षबाट यस्ता कार्यक्रम गर्नुस् र सरकारले पनि यस प्रकारको कार्यक्रमको आयोजना गरोस भन्न चाहन्छु ।’

पृथ्वी जयन्तिको अवसरमा राप्रपाको चियापान कार्यक्रम, प्रधानमन्त्रीसहितको सहभागिता

सोही क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आजको दिन नेपाल र राष्ट्रको लागि गौरवको दिन भएको बताएका छन् ।

उनले भने, ‘आजको दिन नेपाल र राष्ट्रको लागि गौरवको दिन हो । आधुनिक नेपालको निर्माता, नेपाललाई एकीकरण गर्ने अभियानका अभियन्ता पृथ्वीनारायण शाह हुन् । उहाँले इतिहास रच्नु भएको छ ।’

यस्तै, राप्रपा नेपालका नेता पशुपति शमशेर जबराले पृथ्वीनारायण शाह मुलुकको निर्माता भएका हुनाले उनलाई सधैँ सम्झनुपर्ने बताए ।

उनले भने, ‘पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् । सधैँ सम्झनु पर्छ । आजको दिन सधैँ सम्झनुपर्ने र खुशीको दिन हो ।’

पृथ्वी जयन्तिको अवसरमा राप्रपाको चियापान कार्यक्रम, प्रधानमन्त्रीसहितको सहभागिता

कार्यक्रममा नेता भीम रावलले पनि पृथ्वीनारायण शाहले दिएको उपदेशलाई आत्मसाथ गरेको बताउँदै नेपाली भएर अरुको अगाडि झुक्ने अवस्था आउन नहुने बताए ।

उनले भने, ‘हामी जुन जात, धर्म र क्षेत्रको भएपनि शिर उठाएर हिड्नुपर्छ भनेर पृथ्वीनारायण शाहको उपदेशलाई आत्मसाथ गरेर हिडेका छौं । हामी नेपाली भएर अरुको अगाडि झुक्नु नपरोस,’

राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति डोल प्रसाद अर्यालले पनि देशलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहप्रति सम्मान रहेको बताए ।

उक्त चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधीसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्रीहरु थुप्रै राजनीतिक दलका सदस्यहरुको उपस्थिती रहेको थियो ।