सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको हो। सरकारले छानबिन समिति गठनसँगै निलम्बनमा परेका अधिकारी सर्वोच्च अदालतको अन्तरिम आदेश लिएर काममा फर्किएका थिए।

आफूखुसी कर्मचारी भर्ना गरेको, कार्यालयका कर्मचारीलाई अभद्र व्यावहार गरेको लगायतका आरोप उनीमाथि लागेको थियो। उनी निलम्बनमा परेपछि सरकारले निगमकै पाइलट दिपु ज्वारचनलाई अस्थायी महाप्रबन्धक नियुक्त गरेको थियो।