संखुवासभा जिल्ला खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया र काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले संयुक्त रुपमा पशुपति क्षेत्रमा बृक्षारोपण गरेका छन् ।

पशुपति क्षेत्र बिकास कोषसँगको संयुक्त अभियानमा पशुपति क्षेत्रभित्र रूद्राक्षको बृक्षारोपण कार्य शुभारम्भ भएको हो ।

खाँदबारी नगरपालिका र काठमाडौ महानगरपालिकाका मेयरले गरे पशुपति क्षेत्रमा बृक्षारोपण

जसका लागि खाँदबारी नगरपालिकाको तर्फबाट १ लाख बिरुवा उपलब्ध गराउने नगर प्रमुख थपलियाले प्रतिबद्वता ब्यक्त गरेका छन ।

पशुपति क्षेत्र बिकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जिवनराम श्रेष्ठले बृक्षरोपणको सुरुवात गर्दै यति राम्रो कामको थालनी गरेकोमा खाँदबारी नगरपालिकालाई धन्यवाद दिएका थिए ।

खाँदबारी नगरपालिका र काठमाडौ महानगरपालिकाका मेयरले गरे पशुपति क्षेत्रमा बृक्षारोपण

त्यस्तै काठमाडौ महानगर प्रमुख बालेन्द्र साहले पनि खाँदबारी नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका छन ।

वृक्षरोपणको औपचारिक कार्यक्रम सकिएपछि दुवैजना मेयरहरुले पशुपतिनाथ मन्दिरको दर्शन समेत गरेका थिए ।

खाँदबारी नगरपालिका र काठमाडौ महानगरपालिकाका मेयरले गरे पशुपति क्षेत्रमा बृक्षारोपण

खाँदबारी नगरपालिका र काठमाडौ महानगरपालिकाका मेयरले गरे पशुपति क्षेत्रमा बृक्षारोपण