काठमाडौं उपत्यकाको फोहर आजदेखि उठ्ने भएको छ ।

साउन ४ गतेदेखि ११ गतेसम्म नुवाकोटको ल्याण्डफिल्ड साइटमा सडक मर्मतका लागि भन्दै ट्रक नचलाइदिन आग्रह गरिएपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गरी एक हप्ताका लागि फोहर नउठ्ने जनाएको थियो ।

आज बिहान महानगरले सूचना जारी गर्दै बिहानैदेखि फोहर उठाइने जनाएको हो । महानगरले घरमा संकलन भएका कुहिने र नकुहिने फोहरलाई पायक पर्ने ठाउँमा संकलनका लागि सहयोग गर्न आग्रह गरेको छ ।

आजदेखि काठमाडौंको फोहर उठाइने