पछिल्लो २४ घण्टामा देशभर थप ५६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

४ हजार ४५४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २०२ जना सङ्क्रमणमुक्त भएका छन् भने १ जना सङ्क्रमितको मृत्युसमेत भएको छ ।