राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकि छिन ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि, मिलनराज तुलाधारलाई रूसी महासंघका लागि, राम स्वार्थ रायलाई डेनमार्कका लागि र डा. शंकरप्रसाद शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकि हुन ।

भारतका लागि राजदूतमा नियुक्त शर्मालाई भुटानका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

राष्ट्रपति भण्डारीद्वारा चार देशका आवासीय राजदूत नियुक्त