पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २९५ सहित देशभर ५६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार आठ कोरोना परीक्षण गर्दा ५६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा तीन हजार ८४ पीसीआर परीक्षण गर्दा ४५३ र एक हजार ७१६ एन्टीजेन परीक्षण गर्दा ११५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ९५ जना सङ्क्रमण मुक्त भएका छन् भने सोही समयमा एक जनाको मृत्यु भएको छ ।

पस्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये ५१.९३ प्रतिशत काठमाडौं उपत्यकामा मात्रैमा पुष्टि भएको छ । काठमाडौंमा २४२, भक्तपुरमा १७ र ललितपुरमा ३६ जना गरी पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका तिन जिल्लामा २९५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सक्रिय सङ्क्रमितमध्ये उपत्यकामा मात्रै दुई हजार ४१९ जना रहेका छन् । काठमाडौंमा एक हजार ९७६, भक्तपुरमा १०२, ललितपुरमा ३४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा शून्य सङ्क्रमित रहेका जिल्ला छ पुगेको छ ।