नेपाली कांग्रेसले आगामी संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनमा पनि गठबन्धन गर्ने निर्णय गरेको छ।

अहिलेको सत्ता गठबन्धनलाई नै चुनावसम्म निरन्तरता दिएर जानुपर्ने निर्णय आज बसेको केन्द्रीय समितिले गरेको छ।

‘कांग्रेसलाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग आपसी संवाद गरी चुनावी तालमेल गरी अघि बढ्ने निर्णय गर्दछ,’ निर्णयमा भनिएको छ।

कांग्रेसले चुनावपछि पाँच वर्ष चल्ने स्थिर सरकार बनाउने पनि बताएको छ।

कांग्रेसले वैशाख ३० मा भएको स्थानीय चुनावबाट पार्टीलाई सन्तोषजनक उपलब्धि हासिल भएको बताएको छ। कांग्रेसले स्थानीय आवश्यकता र औचित्यताका आधारमा गठबन्धन गरेर चुनाव लडेको थियो।

गठबन्धनसहित प्राप्त परिणाममा पार्टीले सन्तोष व्यक्त गरेको प्रवक्ता प्रकाशशरण महतले बताए।

बहुमत आउने गरी अबको चुनावमा पनि गठबन्धन गर्ने कांग्रेसको निर्णय (पूर्णपाठसहित)