प्रतिनिधिसभामा उपसभामुख चयनका लागि आज (शुक्रबार) निर्वाचन हुँदैछ ।
शुक्रबार अपराह्न ३ बजे बस्ने संसद बैठकले करिब साँढे २ वर्षपछि प्रतिनिधिसभाको उपसभामुख चयन गर्ने भएको हो। निर्वाचनमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छिन भने नेकपा एमालेले विद्या भट्टराईलाई अघि सारेको छ ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद रिक्त छन् भने चार जना निलम्बनमा परेका छन् । बाँकी रहेका २ सय ६६ जनाले मतदान गर्न पाउँछन् । उपसभामुख जित्नका लागि १ सय ३४ मत आवश्यक पर्छ ।
गठबन्धनसँग हाल कांग्रेसका ६१, माओवादीका ४९, नेकपा एसका २४ सांसद छन् । जनता समाजवादी पार्टीका केही सांसद बाबुरामतिर छन् भने केही तटस्थ रहेका छन् । गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाका एक सांसद छन् भने नेपाल मजदुर किसान पार्टी र राप्रपाका एक–एकजना सांसद छन् ।
सत्ता गठबन्धनकी उम्मेदवार भुषाल उपसभामुख बन्ने निश्चित जस्तै देखिएको छ ।







