नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेट भएको छ ।

मङ्गलबार अध्यक्ष ओली निवास बालकोटमा उनीहरुबीच भेट भएको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।

भेटवार्तामा राजन भट्टराई, विष्णु रिमाल, प्रदीप ज्ञवालीलगायतका नेताहरु पनि सहभागी थिए ।

नेता लिउ चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका हुन ।