लायन्स क्लब अफ काठमाडौं रञ्जना सिस्टर्सले गत शनिवार काठमाडौंको वसन्तपुरस्थित डबली रेष्ट्रो एण्ड बारमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
रञ्जना सिस्टर्सका निवर्तमान अध्यक्ष विना श्रेष्ठले आफ्नो पद नवनिर्वाचित अध्यक्ष शसिभूमी श्रेष्ठलाई हस्तान्तरण गरि कार्यभार सम्हाल्नको लागि उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं रञ्जना सिस्टर्सका निवर्तमान अध्यक्ष विना श्रेष्ठले नवनिर्वाचित अध्यक्ष शसिभूमी श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिदै आगामी दिनमा पनि क्लबलाई निरन्तर सामाजिक सेवाको काममा अगाडी बढाउने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै उक्त कार्यक्रमबाट नवनिर्वाचित पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष हेमा धमला, द्धितीय उपाध्यक्ष कल्पना श्रेष्ठ, तृतीय उपाध्यक्ष सुनकेश्रा जंगम भुषण, सचिव विष्णुकुमारी चौलागाई, सहसचिव सर्जु श्रेष्ठ, कोषाध्यक्ष एलिशा श्रेष्ठ महत, र सहकोषाध्यक्ष उमा उप्रेतीलाई कार्यभार हस्तान्तरण तथा स्वागत गरिएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष शसिभूमि श्रेष्ठले निवर्तमान अध्यक्ष विना श्रेष्ठको कार्यकाल राम्रो भएको र आफ्नो कार्यकालमा धेरै सामाजिक कामहरु गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
एकपटकको लायन सधैंको लायन भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै आफ्नो क्लवलाई पर्मानेन्ट बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । “आइ विलिभ इन टिम वर्क” भन्ने गर्भनर राम बसेलको थिममा रही क्लवलाई अझ मजबुत र सक्रिय बनाउने समेत नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
२३ जना महिला पदाधिकारीहरु रहेको उक्त संस्थाले स्थापना कालदेखि नै थुप्रै सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।
निवर्तमान अध्यक्ष विना श्रेष्ठले वहाको कार्यकालमा ताप्लेजुङको पाथिभरा मन्दिर जाने बाटोको ठुलो फेदिमा विश्राम स्थल देखि तीन–तीन महिनामा ब्लड डोनेशन, बिभिन्न प्राकृतिक विपत्तिको समयमा राहत वितरण अनाथ आश्रममा खाद्यन्न, लत्ताकपडा वितरण, सरसफाई, ट्री प्लानटेशन देखि लिएर अरु थुप्रै सामाजिक कार्यहरु गर्नुभएको हो र आगामी दिनहरुमा पनि निरन्तर गर्दै जाने वाचा गर्नुभयो ।

कार्यक्रममा रञ्जना सिस्टर्सका एक्टिभ्ली पार्टिसिपेट हुनुभएका मेम्वरहरु लगायत अन्य संघ संस्थाहरुलाई पनि निवर्तमान अध्यक्ष श्रेष्ठले मायाको चिनो वितरण गर्नुभएको थियो ।
क्लबका पुर्ण कार्यसमितिको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।








