भक्तपुरको सिर्जनानगरस्थित युरो किड्सकी संस्थापक प्रिन्सिपल सम्झना गिरी ‘अमेरिकन प्रिन्सिपल अफ द इयर अवार्ड २०२१’बाट पुरस्कृत भएकी छन् ।

लामो समयसम्म अष्ट्रेलियामा बसेर नेपाल फर्किएकी सम्झनाले सन् २०७२ मा यो स्कुल स्थापना गरेकी हुन् । स्कुलले यसअघि सन् २०२० मा ‘बेस्ट प्राइमरी स्कुल इन भक्तपुर अवार्ड’ पनि पाइसकेको छ ।

प्रिन्सिपल सम्झनाले शिक्षामा आफूले गरेको मेहनतको सम्मान पाउँदा खुशी लागेको बताइन् ।

सम्झना गिरीले पाइन ‘अमेरिकन प्रिन्सिपल अफ द इयर अवार्ड’