बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाबीच बिहान ७ः०० बजेदेखि मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा बूढीगङ्गा नगरपालिकाको अधिकांश मतदान स्थलमा धाँधली हुँदा यहाँको मतगणना रोकिएपछि असार २३ गतेका लागि पुनः निर्वाचन तय भएको हो ।
बूढीगङ्गा नगरपालिकाका १० वटै वडामा रहेका मतदान केन्द्र र १९ वटा उपकेन्द्रमा अहिले कडा सुरुक्षाबीच मतदान भइरहेको निर्वाचन अधिकृत हष्टबहादुर कडायतले बताए । उनका अनुसार अहिले बूढीगङ्गा नगरपालिकाका सबै मतदान केन्द्रमा सव्य र मर्यादित तरिकारले मतदान भईरहेको छ ।
१० मतदान स्थल र १९ उपमतदान केन्द्र रहेको सो पालिकामा १३ हजार ६५९ मतदाताले दतदान गर्नेछन् । सबै मतदान केन्द्रमा राम्रोसँग मतदान भइरहेको पनि निर्वाचन अधिकृत कडायतले बताए ।
निर्वाचनलाई भयरहित तरिकाले सम्पन्न गर्ने गरी नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल शसस्त्र प्रहरी, अनुसन्धान विभाग गरी चारवटा तहका सुरक्षाकर्मीको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले बताए ।
देशभरीमा एक मात्र निर्वाचन भएकोले त्यसलाई भएरहित तरिकाले सम्पन्न गर्नेगरी सबै खालको सुरक्षा व्यस्था गरिएको छ । बूढीगङ्गावासीले बेलुकासम्म ढुक्क तवरले आफ्नो मतदान गर्न पाउने प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।







