निर्वाचन आयोगले मंसिर २ गते एकै चरणमा संघीय र प्रदेश सभा सदस्य निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ।
बुधबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ मा एकै चरणमा संघीय र प्रदेश सभा सदस्य निर्वाचन गर्न प्रस्ताव गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन ।
‘मंसिर २ मा चुनाव गर्न प्रस्ताव गरिएको छ। यसैको सेरोफेरोमा चुनाव गर्ने गरी सरकारले मिति घोषणा गर्छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने।
आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण र मुख्यसचिव शंकरदास बैरागीसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री देउवाले सरकारले छिट्टै निर्वाचनको मिति तय गर्ने बताएका थिए।







