निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारले खर्च विवरण नबुझाए कारबाही सिफारिस गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।
‘हालसम्म सम्बन्धित उम्मेदवारले कानुनबमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण बुझाए-नबुझाएको एकिन गरी निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको विवरण छुट्टै तयार गरी आवश्यक कारबाहीको लागि सिफारिससहित आयोगमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।
स्थानीय तह निर्वाचन ऐन र नियमावली अनुसार परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारले खर्च विवरण बुझाउनु पर्ने हुन्छ ।







