पत्रकारिता छोडेर राजनीतिमा आउनुभएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन ।
मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले नयाँ पार्टीको नाम घोषणा गरेका हुन । पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरिएको छ भने कार्यालय काठमाडौंको बसुन्धरामा रहनेछ ।
पार्टी दर्ताका लागि मंगलबार नै निर्वाचन आयोगमा निवेदन दिने लामिछानेले बताए ।







