मानसिक सन्तुलन गुमाएका व्यक्ति विद्युत् हाइटेन्सन प्रसारण लाइनमा चढेपछि माथिल्लो त्रिशूली थ्री ए आयोजनाको उत्पादन रोकिएको छ ।
ककनी गाउँपालिका–७ स्थित त्रिशूली माता तीर्थ प्रसारण लाइनमा बिहान १० बजेबाट मानसिक सन्तुलन गुमाएका बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका ४४ वर्षीय माइला बिक चढेका छन् ।
उनी चढेपछि प्राधिकरणले आफ्ना विद्युत् आयोजना बन्द गरेर प्रसारण लाइनमा विद्युत् प्रवाह रोकेको हो ।
प्रहरी र स्थानीय वासिन्दाले उनलाई सकुशल तल ओर्लन आग्रह गरिरहेका छन् । तर उनले मानेका छैनन् ।







