लगातारको वर्षाले मेलम्ची ९११ फट्टेमा खोला तर्न ढल माथि माटो हाली बनाइएको अस्थायी संरचनाको माटो बगाएको छ।

यसले मेलम्ची हेलम्बु र पाँचपोखरीका ६ वडाका नागरिक प्रभावित भएका छन्।

यस्तै मेलम्ची इन्द्रावती बाटोको ह्युमपाइपको माटो बगाउँदा मेलम्ची पाँच पोखरी इन्द्रावतीका बासिन्दा प्रभावित भएका छन्।

मेलम्ची नगरपालिकाले वैकल्पिक बाटो अपनाउन अनुरोध गरेको छ। गत असार १ को बाढीले यहाँको पुलहरू बगाएको थियो।