काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाल भाषामा पनि सपथ लिएका छन्।
सोमबार आयोजित सपथ ग्रहण कार्यक्रममा शाहले नेपाल भाषामा सपथ ग्रहण गरेका हुन । सुरूमा नेपालीमै सपथ लिएका शाहले पछि फेरि नेपाल भाषामा सपथ लिएका हुन्।
काठमाडौं जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सथप ग्रहण गराएका थिए।
यसलगत्तै मेयर साहले उपमेयर डंगोललाई र त्यसपछि ३२ वडाका अध्यक्षलाई शपथग्रहण गराएका छन्।
शपथग्रहणपश्चात् नवनिर्वाचित जनप्रतिनिधिहरूले आजै पदभार ग्रहण गर्नेछन्।







