गत मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने सहमति गरेको छ जसअनुसार प्रतिलिटर १० रुपैयाँ कर घटाउन लागिएको जनाइएको छ ।

भन्सार बिन्दुमै लाग्ने कर घटाउने गरी अर्थ मन्त्रालयलाई यसको जिम्मा दिइएको छ । हालसम्म कुन कर घटाइने भन्नेमा भने निश्कर्ष निस्किएको छैन।

पेट्रोलियम पदार्थमा भन्सार तथा प्रज्ञापन शुल्क, सडक मर्मत सम्भार शुल्क, प्रदुषण शुल्क, पूर्वाधार कर र मूल्य स्थिरीकरण कोषमा जाने रकम जोडेको हुन्छ।

यी सबै कर र शुल्क जोड्दा एक लिटर पेट्रोल (१८० रूपैयाँ) मा ६३ रूपैयाँ ३४ पैसा सरकारी खातामा जान्छ।