काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले प्रतिवद्धता व्यक्त गरेका छन ।
निर्वाचन आयोगले आज (शुक्रबार) बिहान काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह विजयी भएको औपचारिक रुपमा घोषणा गरेको हो । आयोगले घोषणा गरे लगत्तै मेयरमा विजयी भएका बालेन साहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने प्रतिवद्धता जनाए।
निर्वाचन मत परिणामलाई आफूले एउटा सुरूआतको रूपमा लिएको बताउदै मत परिणामलाई विजय भन्दा पनि आफूहरुको एजेण्डा लागू गर्ने सुरूआत भएको उनको तर्क छ। काठमाडौं महानगरपालिका परिवारको रूपमा रहेको बताउदै उनले यो सधैभरी परिवार नै रहने दावी गरेका छन । मेयरमा विजयी भएको घोषणापछि अहिले बालेन साहका समर्थकहरुले धन्यवाद र्याली समेत निकालेका छन्।
राष्ट्रिय सभागृहबाट मेयरमा विजयी हुनुभएका साहलाई खुला गाडीमा राखेर निकालिएको र्याली शहरका विभिन्न भागको परिक्रमा गरेपछि खुलामञ्चमा पुगेर धन्यवाद ज्ञापन सभामा परिणत गर्ने तयारी गरिएको छ ।







