कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका–२ सिस्नेको लिस्नेपडामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ३३ जना घाइते भएका छन् । मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटनामा परेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिए ।

उहाँका अनुसार दुर्घटना भएको बस कर्णाली नदीको तिरमा खसेको हो। आठबिस नगरपालिका९१ का खगेन्द्र थापाले उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेको विवरण अहिले नै एकिन नभएको बताए । मृतकको सनाखत हुन सकेको छैन।

दुर्घटनाको थप विवरण आउनेक्रममै रहेको छ। प्रहरीले बस बुधबार साँझ आठ बजेतिर दुर्घटना भएको अनुमान गरेको छ।