सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेश गरेकी हुन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले नेपाली श्रमशक्तिलाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउने नीति लिने घोषणा गरेको छ । सरकारले वैदेशिक रोजगारीमा जानेहरुमा लागि नयाँ र आकर्षक गन्तब्यहरु प्रवद्र्धन गर्ने नीति लिइएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रममा श्रमको सम्मान र मर्यादित श्रमसहितको श्रमिकको हक अधिकार सुनिश्चित गरिने उललेख छ ।
हेर्नुहोस नीति तथा कार्यक्रमको पूर्णपाठ







