पोखरा महानगरपालिकामा भएको मतगणना कार्य रोकिएको छ ।

महानगरको वडा नम्वर १८ र ३१ मा पुनः मत गणना गर्न माग गर्दै एमालेका प्रतिनिधिहरु बाहिरिएपछि मतगणना रोकिएको हो ।

एमालेले पोखरा १८ र ३१ मा पुनः मत गणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन पनि दिएको छ ।

वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न माग गरेको हो ।

पोखरा १८ मा नेकपा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएको थियो । उक्त वडामा मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो ।

सहमतिका आधारमा मत गणना गर्ने काम पुन : शुरु हुने निर्वाचन कार्यलयले जनाएको छ ।