पाहुना टोली युगान्डाविरुद्ध पाँचौं तथा अन्तिम टी–२० सिरिजमा नेपाल विजयी भएको छ ।
कीर्तिपुर स्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा नेपालले युगान्डालाई ३४ रने हरायो । यससँगै युगान्डाले नेपालविरुद्ध पाँच खेलको टी–२० सिरिज ३–२ ले जितेको छ । सुरुवाती तीन खेलमा लगातार जित निकाल्दै युगान्डाले दुई खेल अगावै सिरिज जितेको थियो । नेपालले पछिल्ला दुई खेलमा भने जित निकाल्यो ।
अन्तिम खेलमा जितका लागि एक सय २४ रनको विजयी लक्ष्य पछ्याएको युगान्डा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९० रनमा समेटिएको थियो । युगान्डाका लागि रिता मुसामालीले २६ रन बनाइन । केभिन अविनोले १५, साकिरा सादिकले अविजित १३ र जानेट एम्बावाजीले १० रन बनाइन । बलिङमा नेपालका सिता रानामगर र इन्दु बर्माले दुई दुई विकेट लिइन । अस्मिता कर्माचार्य र हरिनमायी रोयले एक एक विकेट झारिन ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो । नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाइन । कविता जोशीले अविजित १८, सीता रानामगरले १७, अप्सरी बेगमले ११ र इन्दु बर्माले ८ रन बनाइन । बलिङमा युगान्डाका लागि युगान्डाकी कप्तान कोन्सी अवेके र फिओना कुलुमेले एक एक विकेट लिइन । नेपालले पाँच खेलको सिरिजमा तीन हार र एक जित निकालेको छ ।
पाहुना टोली युगान्डाले लगातार तीन खेल जित्दै सिरिज जितेको छ । नेपालले पहिलो खेलमा १२ रनले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा ए कविकेट र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । नेपालले शुक्रबार भएको चौथो खेलमा युगान्डालाई १५ रनले हराएको थियो ।







