ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतीय नागरिक बृज कुमार महतो रहेको र बाँकी सात जना घाइते मध्ये एक जना अवस्था गम्भिर रहेको ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

घाइतेहरुको पाटन अस्पताल र विएण्डवि अस्पतालमा उपचार शुरु भएको उनले जानकारी दिए । दुई दर्जन बढी कामदार भएपनि अन्य कामदार बाहिरी क्षेत्रमा भएकाले दुर्घटनाबाट जोगिएको र विष्फोटनले उद्योगमा क्षति पुगेको उनले जानकारी दिए ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाणले अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन गर्न निर्देशन दिएका छन ।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन ।