सरकारले १५ महिना देखि १५ वर्षमुनिका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप अभियान सुरु गरेको छ ।
नेपालमा पहिलो पटक १५ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई टाइफाइड खोप अभियान चलाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त खोप अभियान अभियान आजबाट बैशाख १८ गतेसम्म चल्नेछ ।
खोप लगाउने निश्चित मिति र स्थानको बारेमा जानकारी स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । यो खोप अभियान पश्चात् टाइइफाइड विरुद्धको खोपलाई नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिने मन्त्रालयले जनाएको छ।
सरकारले नियमित खोप कार्यक्रममा समावेश भएपछि १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गर्नेछ । नेपालका सम्पूर्ण बालबालिकाहरुलाई विभिन्न सरुवा रोगको विरुद्ध सुरक्षा प्रदान गर्न खोपबाट बचाउन सकिने रोगहरुबाट हुने बिरामीदरमा कमी ल्याई शिशु तथा बालमुत्युदर घटाउन नियमित रुपमा खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सरकारले पोलियो,दादुरा, हेपाटाइटिस बि, लहरेखोकी, धनुष्टंकार, निमोनिया जापानिज इन्सेफलाइटिस विरुद्ध खोप कार्यक्रम सञ्चालनमा ल्याएको छ ।







