सरकारले विभिन्न देशमा रिक्त रहेका २० राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ।
मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवा क्षेत्रबाट राजदूत नियुक्तिका लागि सिफारिश गरेको हो।
राजनीतिक दलबाट राजदूतमा सिफारिश :
१ विष्णु पुकार श्रेष्ठ (चीन)
२ दानबहादुर तामाङ (दक्षिण अफ्रिका)
३ शर्मिला पराजुली ढकाल (स्पेन)
४ बाशुदेव मिश्र (श्रीलंका)
५ मिलन तुलाधर (रसिया)
६ कैलाश पोखरेल (अष्ट्रेलिया)
७ डिल्लीराज पौडेल (मलेसिया)
८ शान्ता रिजाल (इजरायल)
९ ज्योति प्याकुरेल (दक्षिण कोरिया)
१० प्रा डा।रामशुरज राय यादव (डेनमार्क)
११ नवराज सुवेदी (साउदी अरब)
१२ नरेश विक्रम ढकाल
परराष्ट्र सेवाबाट राजदूतमा सिफारिश :
१ घनश्याम भण्डारी
२ हरिशचन्द्र घिमिरे
३ तीर्थराज वाग्ले
४ डोरनाथ अर्याल
५ सुशिल कुमार लम्साल
६ भरतकुमार रेग्मी
७ निर्मल राज काफ्ले
८ दुर्गा बहादुर सुवेदी
राजदूतमा सिफारिश भएकाहरुको अब संसदीय सुनुवाइको प्रक्रिया हुनेछ।







