नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला गोविन्दप्रसाद शर्मा कोइरालाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री कोइरालालाई सपथ गराएकी हुन् ।

सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरु र उच्चपदस्थ सरकारी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री देउवाले आज कानून मन्त्रीमा बन्दीलाई नियुक्त गरेका थिए । उनी सांसद छैनन्, वरिष्ठ अधिवक्ता हुन्।

यसअघि कानून मन्त्री रहेका दिलेन्द्रप्रसाद बडुलाई उद्योग मन्त्री नियुक्त गरिएको छ।