गैरसांसद रहेका अधिवक्ता गोविन्दप्रशाद शर्मा कोइराला (बन्दी) कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन ।
उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाको शिफारिसमा कानुनमन्त्रीमा नियुक्ति गरिएको हो । उनलाई आजै २ बजे सपथ दिने तयारी भईरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनी एकीकृत समाजवादी निकटका गैरसांसद हुन्।
यसैगरी वर्तमान कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग मन्त्रालयको जिम्मा दिइएको छ।
गैरसांसद व्यक्ति पनि ६ महिनाका लागि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ।







