सत्तारुढ दल नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन सन्दर्भमा घोषणापत्र तयारी समितिमा २७ सदस्य मनोनित भएका छन ।

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समिति सदस्यहरु चयन गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेसको फागुन ३ गते बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चुनावी घोषणापत्र तयारी समितिको संयोजक महामन्त्री गगनकुमार थापालाई तोकिएको थियो ।

घोषणापत्र तयारी समितिका सदस्यहरुको सूची

गगन थापा नेतृत्वको कांग्रेसको चुनावी घोषणापत्र निर्माण समितिमा २७ सदस्य मनोनित