यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर सार्वजनिक गरेको छ ।

विभागले भौगोलिक क्षेत्रका आधारमा विभागले १० देखि १५ प्रतिशतसम्म भाडादर बढाएको छ ।

यात्रुबाहक सवारीका लागि १० प्रतिशत र मालबाहक सवारीका लागि पहाडमा १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै स्वचालित भाडा दर कायम गर्ने निर्णय गरेको थियो । जस अनुसार अब पेट्रोलियम पदार्थमा न्यूनतम मूल्य पाँच प्रतिशत घटबढ हुनासाथ स्वचालित भाडा दर अनुसार गाडी भाडा समायोजन हुनेछ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै यातायात व्यवसायीले सवारी साधनको भाडा बढाउन माग गर्दै आएका थिए ।

हेरौं नयाँ भाडा सूची