प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारीक भ्रमण पूरा गरी आज स्वदेश फर्किने कार्यक्रम छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले आज बिहान भारतको धार्मिकस्थल बनारस जानेछन । प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन ।
बनारस भ्रमणका क्रममा देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा आजै अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा शुक्रवार भारत प्रस्थान गरेका हुन । भ्रमणका क्रममा प्रधानमन्त्री देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदिसहित उच्चस्तरीय भेटघाटमा व्यस्त रहे ।
-रासस







