एमबीबीएस अध्ययनका लागि आज संचालित प्रवेश परीक्षा पाँच जना विद्यार्थी पक्राउ परेका छन् ।
उनीहरुलाई काठमाडौंको बानेश्वर र ललितपुरबाट पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख (एसएसपी) बसन्तबहादुर कुँवरले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा चार जना नक्कली परीक्षार्थी हुन् । एक जना भने परीक्षार्थी होइनन् । उनीहरूबारे थप अनुसन्धान भइरहेको छ ।







