तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेश मन्त्री वाङ यी स्वदेश फर्किएका छन्।

आइतबार दिउँसो साढेतिर २ बजे उनी चीन प्रस्थान गरेका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गरेका छन्।

शुक्रबार काठमाडौं आएका विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

शनिबार दुई देशबीच विभिन्न ९ बुँदे सम्झौता समेत भएको थियो ।