राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चीनका विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन ।
तीनदिने नेपाल भ्रमणका क्रममा आइबार राष्ट्रपति भवन शीतलनिवासमा उनले सो भेट गरेका हुन ।
परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उहाँ तीनदिने नेपाल भ्रमणमा शुक्रबार काठमाडौं आइपुगेका हुन ।







