नेपालको भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दैै छन ।
अहिले बिहान १० बजे चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेट गर्नेछन । त्यस्तै विदेशमन्त्री वाङले आजै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन ।
ओली र दाहालसँग होटल हायातमा भेट्ने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमण सकेर आइतबार अपराह्न ३ बजे स्वदेश फर्कने छन । दक्षिण एशियाली देशहरु अफगानिस्तान, पाकिस्तान, भारत हुँदै गत शुक्रबार साँझ वाङ नेपाल आएका थिए ।
नेपाल र चीनबीच विभिन्न ९ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ भने चिनियाँ लगानीमा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि चीनले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।







