निर्वाचन आयोगले आज आइतबार स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्ने भएको छ ।
आयोगका अनुसार करीब एक करोड ७७ लाखभन्दा बढी मतदाता मतदानका लागि योग्य छन् । यसअघि मतदाता नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो ।
सो प्रक्रिया पूरा भएको आयोगको भनाइ छ । दाबी विरोधपछि करीब एक लाख मतदाता सूचीबाट हटेको बताइएको छ । अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर गर्न नसकिने आयोगको भनाइ छ ।
आयोगका अनुसार यस वर्ष करीब दुई लाख मतदाता थपिँदै छन् ।







