राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपाली राजदूतमा डा. शंकरप्रसाद शर्मालाई नियुक्त गरेकी छिन ।

संविधानको धारा २८२ बमोजिम राष्ट्रपति भण्डारीले शर्मालाई भारतका लागि आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सरकारले गत कात्तिक ११ मा सिफारिस गरेका शर्माको संसदीय सुनुवाइ मंसिर २२ मा गरिएको थियो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मंसिर २४ मा परराष्ट्र मन्त्रालयले भारतलाई सहमतिका लागि पत्र पठाएको थियो ।

तर भारतले तीन महिनापछि सहमति (एग्रिमो) पठाएका कारण शर्माको नियुक्ति ढिलो गरी भएको हो ।

डा शर्मासँगै सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि यसअघि नै राजदूतमा नियुक्त भइसकेका छन् ।