संङ्घीय राजधानी काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन । अन्य क्षेत्रको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतगणना जारी छ।

काठमाडौँका बाँकी नौ वटा निर्वाचन क्षेत्रमा भने मतगणना अहिले पनि जारी छ। क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम अग्रस्थानमा छिन । उनले दुई हजार आठ सय ९१ मत प्राप्त गरेकी छिन भने उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का ओनसरी घर्तीले एक हजार दुई सय ८८ मत प्राप्त गरेकी छिन । राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तादेवी पोखरेल एक हजार एक सय १९ मतसहित तेस्रो स्थानमा छिन । एमालेका मणिराम फुयाँलले भने हालसम्म एक हजार ९८ मत प्राप्त गरेका छन ।

क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे चार हजार पाँच सय मतसहित अग्रस्थानमा छन । उनलाई एमालेका कृष्णबहादुर राईले तीन हजार दुई सय १३ मत सहित पछ्याइरहेका छन । तेस्रो स्थानमा रहेका रास्वपाका दुर्गाविक्रम थापा क्षेत्रीले एक हजार ६१७ मत प्राप्त गरेका छन ।

काठमाडौं क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापाले ११ हजार नौ सय ८८ मत पाउँदा दोस्रो स्थानमा रहेका एमालेका डा राजन भट्टराईले नौ हजार दुई सय ७७ मत ल्याएका छन । राप्रपाका ठाकुरमोहन श्रेष्ठको १ हजार चार सय ३९ मत छ।

क्षेत्र नं ५ मा कांग्रेसका प्रदीप पौडेल दुई हजार पाँच सय ९१ मतसहित अग्रस्थानमा छन भने नेकपा ९एमाले०का उम्मेदवार ईश्वर पोखरेलले एक हजार ६९८ मत प्राप्त गरेका छन ।

काठमाडौँ क्षेत्र नं ६ मा रास्वपाका शिशिर खनालले दुई हजार ७९ मतसहित अग्रस्थानमा छन । कांग्रेसका भीमसेनदास प्रधानले १ हजार ४१२ मत प्राप्त गरी दोस्रोस्थानमा छन भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल एक हजार ४१ मतसहित तेस्रो स्थानमा छन ।

क्षेत्र नं ७ मा एमालेका श्यामकुमार घिमिरेले प्रतिस्पर्धीलाई पछाडि पार्दै एक हजार तीन सय ५८ मत प्राप्त गरेका छन । रास्वपाका उम्मेदवार गणेश पराजुलीले एक हजार ६५ मत प्राप्त गरी दोस्रो स्थानमा छन । माओवादी केन्द्रका अस्मिता सिंह (मानुषी) यमी भट्टराईले नौ सय ६३ मत प्राप्त गरेकी छिन ।

क्षेत्र नं ८ मा भने रास्वपाका विराजभक्त श्रेष्ठले तीन हजार ७७० मत प्राप्त गर्दै अग्रस्थानमा छन । यस्तै हाम्रो नेपाल पार्टीका उम्मेदवार सुमन सायमीले तीन हजार तीन सय १० मत प्राप्त गरेका छन । एमालेका शिवसुन्दर राजवैद्यले एक हजार पाँच सय ८७ मत प्राप्त गरेका छन ।

यसैगरी क्षेत्र नं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले पाँच हजार ७३४ मत प्राप्त गर्दै अग्रस्थानमा छन । यस क्षेत्रमा रास्वपाका टेकबहादुर पोखरेलले पाँच हजार १४५ मत प्राप्त गरेका छन । लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका कल्पना धमलाले तीन हजार एक सय ३७ मत प्राप्त गरेकी छिन ।

त्यस्तै, क्षेत्र नं १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र कुमार केसीले दुई हजार चार सय १८ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका रास्वपाका उम्मेदवार प्रदीप विष्टले एक हजार आठ सय ७८ मत ल्याएका छन । एमालेका हिमेश केसीले एक हजार तीन सय मत प्राप्त गरेका छन । -रासस