प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ ।
मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले जानकारी दिए ।
प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरे भने एमालेका प्रेम तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे ।
योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन ।
प्रतिनिधिसभा सकिएसँगै अब प्रदेश सभा प्रत्यक्षतर्फको मतगणना सुरु हुने अर्यालले बताए ।








