निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको दिन अत्यावश्यक सवारी साधनका लागि पास आवश्यक नहुने प्रष्ट पारेको छ ।

शनिबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले अत्यावश्यक सवारी साधनका लागि पास आवश्यक नहुने निर्णय सार्वजनिक गरेको हो ।

आयोगले सवारी आवागमनलाई सहज बनाउन यस्तो निर्णय गरेको विज्ञप्तिमार्फत् जानकारी गराएको छ । अनुमति दिएका सवारी साधनले मतदाता ओसारपसार गर्न भने नपाउने आयोगले प्रष्ट पारेको छ ।

मंसिर ४ गते अत्यावश्यक सवारी साधनले पास लिनु नपर्ने, क–कसले पाउँछन् चलाउन ? (सूचिसहित)