सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रति विदेशी लगानीकर्ता दुई करोड रुपियाँ तोक्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरेर लगानीको न्यूनतम सीमा तोकेको जानकारी गराएका हुन ।

ऐन अनुसार विदेशी लगानीको न्यूनतम सीमा प्रति विदेशी लगानीकर्ता दुई करोड रुपियाँ तोक्ने निर्णय गरेको उनको भनाइ छ। उनले सरकारले नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्रा. डा. गोविन्द केसीबीच मिति २०७९/६/८ गते सम्पन्न सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय भएकोसमेत जानकारी गराएका छन ।

उनले भने, ‘‘नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्राध्यापक डा. गोविन्द केसीबीच मिति २०७९/६/८ गते सम्पन्न सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने।’

विदेशी लगानीको सीमा दुई करोड तोकियो, यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय
विदेशी लगानीको सीमा दुई करोड तोकियो, यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय