कालिकोटमा मलामी गएका वडाअध्यक्षसहित १३ जना बेपत्ता भएका पुष्टि भएको छ।
तिलागुफा ४ राँचुलीका युवक हेमराज शाहीको मलामी गएका वडाध्यक्ष परबहादुर शाही सहित १३ जना बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए। माथिबाट पहिरो झरेर १५ जनालाई बगाएको खबर स्थानीयले दिएपछि प्रहरी आज बिहान घटनास्थलमा पुगेको हो।
शर्माका अनुसार बेपत्ताहरु पहिरोसँगै बगेर तिला नदीमा खसेका आशंका गरिएको छ। प्रहरीले उनीहरुको खोजीकार्य जारी राखेको छ। राँचुली गाउँमाथिबाट आएको पहिरोले २ सय घरपरिवार विस्थापित भएका छन् । उनीहरु स्थानीय कालिका माविमा बसिरहेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।








