सत्तारूढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बीच चुनावी तालमेलका लागि सहमति भएको छ ।

शनिबार भएको सहमितमा लोसपाले प्रतिनिधिसभामा ८ र प्रदेशसभामा १६ सिट पाएको छ ।

सहमतिसँगै लोसपाले प्रतिनिधि सभातर्फका उम्मेदवार पनि टुंग्याएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट अलग भएपछि लोसपा गठबन्धनमा प्रवेश गरेको थियो ।

यि हुन् लोसपाका उम्मेदवारः

१.सप्तरी २ जय प्रकाश ठाकुर

२.धनुषा ३ अनिलकुमार झा

३.महोत्तरी २ शरत सिंह भण्डारी

४.महोत्तरी ३ महन्थ ठाकुर

५.सर्लाही १ राम प्रकाश चौधरी

६.सर्लाही २ राजेन्द्र महतो

७.बारा ३ प्रमोद गुप्ता

८.पर्सा १ लक्ष्मण लाल कर्ण