स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरूलाई केन्द्रीय अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले असोज ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै ५० प्रतिशत छुटको व्यवस्था गरेका हुन् ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलका अनुसार हाललाई मन्त्रालयअन्तर्गतका केन्द्रीय अस्पतालमा यो छुट लागू हुने छ भने प्रदेश र स्थानीय तहलाई पनि छुट दिनका लागि पत्राचार गरिने छ ।